२१ असार २०८३, आइतबार

ज्वाइँको घरबाट मर्निङवाकमा निस्किए प्रचण्ड, जिल्ला प्रशासन पुगेर चियापान गर्ने [तस्वीरहरू]

माघ ५, २०८१
विराटनगर
ज्वाइँको घरबाट मर्निङवाकमा निस्किए प्रचण्ड, जिल्ला प्रशासन पुगेर चियापान गर्ने [तस्वीरहरू]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी नेपालमा छन् । शुक्रबार साँझ विराटनगर पुगेका प्रचण्ड बिहीबार कान्छा ज्वाइँ जीवन आचार्यको घरमा बसेका थिए । 

null

आज (शनिबार) बिहानै ज्वाइँको घरबाट प्रचण्ड मर्निङवाकमा निस्किएका हुन् । तराईंमा हाल हुस्सु लागेको छ । बाक्लो हुस्सुमा उनी भन् मर्निङवाकसमा निस्किएका हुन् । 

ज्वाइँको घरबाट शुरू भएको मर्निङवाक जिल्ला प्रशासन कार्यालयमा गएर टुंगिने छ । 

त्यहाँ चियापान  गर्ने कार्यक्रम रहेको उनको सचिवालय स्रोतले जनाएको छ । 

null

प्रचण्डको बिहानको नास्ता (ब्रेकफास्ट) भने  पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा हुने छ । 


यसैगरी उनले बिहान ९ बजेदेखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । 

null

त्यसपछि उनी बिहान ११ बजेसम्म होटेल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने सेड्युल रहेको नेताहरूले बताएका छन् । 

यसैगरी दिउँसो प्रचण्ड मोरङको ग्रामथानमा बधाई तथा खबरदारी सभामा सहभागी हुने कार्यक्रम रहेको छ । 

गत स्थानीय तहको उपनिर्वाचनमा ग्रामथानको अध्यक्ष माओवादीका नमोनारायण माझीले जितेका थिए ।

null

null

salt training

कमेन्ट गर्नुहोस्