३० असार २०८३, मंगलबार

स्याङ्जामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

माघ ५, २०८१
स्याङ्जा
स्याङ्जामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

स्याङ्जाको आँधिखोला गाउँपालिका-५ स्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

कृषि क्षेत्रबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको टिप्पर सडकबाट करिब ५० मिटर तल खखेर दुर्घटना भएको हो । 

दुर्घटनामा पाँच जना घाइते भएका छन्।  घाइतेहरूको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनामा परेका चारजना मध्ये पर्वत कुश्मा नगरपालिका–१४ का ३७ वर्षीय चन्द्र बहादुर नेपालीको उपचारको क्रममा मृत्यु भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । उनको शव हाल सोही अस्पतालमा राखिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्