१२ असार २०८३, शुक्रबार

सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो

माघ ५, २०८१
संखुवासभा
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो

सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडक खण्ड एक दिनपछि पुनः सञ्चालनमा आएको छ ।

भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए ।

शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो ।

सडकमाथिबाट ठूलठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडक खण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए । 

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए ।

त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्