०३ साउन २०८३, आइतबार

यू–१९ महिला विश्वकप : नेपालको कमजोर प्रदर्शन, बंगलादेशसामु ५३ रनको लक्ष्य प्रस्तुत

माघ ५, २०८१
काठमाडौं
यू–१९ महिला विश्वकप : नेपालको कमजोर प्रदर्शन, बंगलादेशसामु ५३ रनको लक्ष्य प्रस्तुत

आईसीसी यू–१९ टी२० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ९.२ ओभरमै ५२ रनमा अलआउट भयो। नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ पुर्‍याउने प्रयास गरिन् ।

बंगलादेशका बलरहरूको उत्कृष्ट प्रदर्शनले नेपाललाई ठूलो स्कोर बनाउन दिएन । जन्नतुल माउवाले २ विकेट लिइन् भने फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १/१ विकेट लिए।

नेपालका पाँच खेलाडी रनआउट हुँदा टोलीको स्कोर झनै कमजोर बन्न पुग्यो।

अब नेपालले आफ्नो बलिङ प्रदर्शनमा सुधार गर्दै बंगलादेशलाई कडा चुनौती दिने प्रयासमा रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्