१४ असार २०८३, आइतबार

गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले गरे महाकाली नदीमा निर्माणाधीन पुलको निरीक्षण

माघ ५, २०८१
काठमाडौं
गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले गरे महाकाली नदीमा निर्माणाधीन पुलको निरीक्षण

गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको स्थलगत निरीक्षण गरेका छन् । ​

भेरिएसनका कारण पुल निर्माणको काम प्रभावित भएपछि शनिबार मन्त्रीद्वय लेखक र दाहालले पुलको स्थलगत निरीक्षण गरेका हुन् । चार लेन पुल छेउमा निर्माणाधीन पोखरीको बाँधको परिवर्तित डिजाइन स्वीकृत भए पनि भेरिएसन नभएका कारण पुलसँगै बन्ने अन्य संरचनाको काम बन्द छ । 

गत भदौमा महाकाली नदीको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर गाइडबन्ड (बाँध) भत्काएको छ । जसका कारण महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि त्यसको विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्री पुल निर्माणस्थलको स्थलगत अवलोकनमा पुगेका हुन् ।

पुलको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले बाँध भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताए ।

‘पुलको पारी दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण हुने अन्तिम चरणमा छ । यो पुल सफल भएन भने सुक्खा बन्दरगाह समेत सफल हुँदैन’, गृहमन्त्री लेखकले भने, ‘त्यसैले हामीले चाँडो भन्दा चाँडो यो समस्याको समाधान गर्न स्थलगत अवलोकनमा आएका हौं ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्