२७ असार २०८३, शनिबार

दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन : देव गुरुङ

माघ ५, २०८१
तनहुँ
दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन : देव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् । 

शनिबार तनहुँको दमौलीमा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उनले संविधान संशोधनको नाममा सीमित दल अस्तित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका हुन् । 

महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढेको गएको कुरा उपनिर्वाचनले पुष्टि गरिसकेको भन्दै त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिए ।

‘माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । त्यसलाई जनताले गलत प्रमाणित गरिसके । अब पार्टी नेता तथा कार्यकर्ता पार्टी संगठन निर्माण जुटौं । पार्टीलाई बलियो बनाउन लागौं’, उनले भने । 

बैठकले आगामी फागुन १० गते मुक्ति मोर्चाको राष्ट्रिय भेला पोखरामा आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्