१० साउन २०८३, आइतबार

महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको आगमन

माघ ५, २०८१
काठमाडौं
महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको आगमन

प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन बेलुका ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् । 

महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनले स्नान गरेको तथ्याङ्क छ ।जनवरी १७ शुक्रबारसम्मको तथ्याङ्कअनुसार हालसम्म ७३ लाखभन्दा बढी तीर्थयात्रीले महाकुम्भ मेलामा दर्शन गरेका छन् ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले चलिरहेको महाकुम्भलाई भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व बताए ।
प्रयागराजमा चलिरहेको महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा स्नान गरेपछि राजनाथ सिंहले एएनआईसँग भने,“मलाई भगवानले यो अवसर दिनुभएकोमा म आफ्नो सौभाग्य ठान्छु । आज सङ्गममा स्नान गरेपछि म धेरै सन्तुष्ट महसुस गरेको छु ।”

“यो पर्व भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व हो, जुन प्राचीन वैदिक खगोलीय घटनामा आधारित छ । ”

शीर्ष भाजपा नेताले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट आयोजना गरेकोमा बधाई पनि दिए । 
१३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा समापन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्