०६ असार २०८३, शनिबार

नियम पालनामा हेलचेक्र्याइँ, बढी भारले पूर्वाधारमा क्षति

माघ ६, २०८१
काठमाडौं
नियम पालनामा हेलचेक्र्याइँ, बढी भारले पूर्वाधारमा क्षति

सम्बन्धित निकायहरूको प्रभावकारी नियमनको अभावमा राजमार्गमा निर्धारणभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन गुड्न नदिने प्रावधान लागु हुन सकेको छैन । मालवाहक सवारीसाधन नियमनसँग प्रत्यक्ष रूपमा जोडिएका यातायात व्यवस्था विभाग, भन्सार कार्यालय र ट्राफिक प्रहरीले प्रभावकारी नियमन नगर्दा सो प्रावधान लागु हुन नसकेको हो ।

प्रभावकारी नियमन नहुँदा ‘मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४’ समेत कार्यान्वयन हुन सकेको छैन । निर्धारणभन्दा बढी भार क्षमता भएका मालवाहक सवारीसाधन निर्वाध रूपमा गुड्दा राजमार्ग र सडकहरू भासिने तथा पुल भाँचिने गरेका छन् । त्यसै गरी बेला बेलामा अत्यधिक भारका कारण सवारी दुर्घटना हुँदा मानवीय क्षतिसमेत हुँदै आएका छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्