१५ असार २०८३, सोमबार

सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि : गृहमन्त्री लेखक

माघ ६, २०८१
कञ्चनपुर
सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताए । 

'मुलुकमा स्थायित्व र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ,' गृहमन्त्री लेखकले भने, 'सरकारले सोहीअनुरूप समृद्धिको यात्रालाई अगाडि बढाउने गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ।'

उनले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानून संशोधन गरेर अध्यादेश ल्याएको बताए । 

गृहमन्त्री लेखकले सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिए । 'अधिवेशन बोलाउनेबित्तिकै पहिलो दिन अध्यादेश प्रस्तुत हुन्छन्, पछि प्रतिस्थापन गर्ने कानून बन्छन्,' उनले भने, 'यसरी समयसापेक्ष परिवर्तनलाई आत्मसात गर्दै हामी विकास र समृद्धिको गतिमा अगाडि बढिरहेका छौं ।'

गृहमन्त्रीले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन सबैलाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्