
लगातारको गिरावटपछि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
साताको पहिलो दिन आइतबार १२.५८ अंकले बढेर नेप्से २६०१.२१ बिन्दुमा पुगेको छ ।
आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ । ६ अर्ब २५ करोडको कारोबार हुँदा १७१ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
६८ कम्पनीको मूल्य घट्दा ४ वटामा कुनै परिवर्तन भएन । बुधबार बोटलर्स नेपाल बालाजुको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
सूपर मादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले नै घटेको छ । होटल, ट्रेडिङ र म्युचुअल फन्डबाहेक सबै समूहमा वृद्धि देखिएको छ ।