
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका- ४ स्थायी घर भई हाल काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भन्ने महेन्द्र पाण्डे छन् ।
प्रहरीले उनलाई शनिबार टोखाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर माघ २ गते भएको कुटपिट घटनामा संलग्न थिए ।
उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको र पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।