०६ साउन २०८३, बुधबार

सुप्रिम सहकारी ठगी : रवि लामिछानेविरुद्ध ८ करोड ३५ लाख बिगो

माघ ६, २०८१
काठमाडौं
सुप्रिम सहकारी ठगी : रवि लामिछानेविरुद्ध ८ करोड ३५ लाख बिगो

सुप्रिम सहकारीको रकम अपचलनमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार आइतबार पूरक र थप अभियोग गरेर ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

सरकारी वकिल कार्यालयको अभियोजन पत्रमा लामिछानेसँग ८ करोड ३५ लाख बिगो मागदाबी गरिएको छ । 

'...लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको सञ्चालक शेयर धनी रहेको अवस्थामा सहकारीबाट ८ करोड ९९ लाख ३६ हजार रुपैयाँ प्रालिमा गएको खुलेको छ,' लामिछानेविरुद्धको अभियोग पत्रमा उल्लेख छ ।

साथै ८ करोड ३३ लाख ६ हजारमा समेत उनको सामूहिक दायित्वमा रहेको अभियोगपत्रमा उल्लेख छ।

लामिछानेले बयानका क्रममा सहकारीबाट रकम आएको थाहा छैन भने पनि उनले विभिन्न ​कम्पनीहरूलाई रकम प्रवाह गरी सहकारीबाट आएको रकम क्लियरिङ गर्ने गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्