०९ असार २०८३, मंगलबार

दुर्घटनामा मधेश प्रदेशका स्वास्थ्यमन्त्री घाइते

माघ ८, २०८१
धनुषा
दुर्घटनामा मधेश प्रदेशका स्वास्थ्यमन्त्री घाइते

सडक दुर्घटनामा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन् । 
मन्त्री सिंहको छाती र पिठ्युमा चोट लागेको भएपनि अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइते मन्त्रीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

जनकपुरधामको रामानन्द चोकमा सोमबार बेलुकी मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।

 सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्