
काठमाडौं, ३ मंसिर–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहाललाई हर्ट अट्याक (हृदयघात) भएको छ । उनलाई अहिले काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार अनको अवस्था गम्भीर रहेको छ ।
प्रकाशलाई विहान ५ बजेतिर हर्ट अट्याक भएको थियो । घरमै अचेत भएका उनलाई विहानै अस्पताल ल्याइएको थियो ।
छोरा प्रकाशलाई हर्ट अट्याक भएको खबर पाएलगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड सबै कार्यक्रम स्थगित गरेर काठमाडौं फर्किदैँछन् । प्रचण्डले आज पूर्वाञ्चलमा आयोजना हुन वाम गठवन्धनका संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
प्रकाशकी पत्नी बिना मगर भने कञ्चनपुरमा छिन् । उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतितिनिधिसभा सदस्यकी उम्मेदवार हुन् ।