०८ असार २०८३, सोमबार

कटुवा पेस्तोलसहित २ जना पक्राउ

माघ ८, २०८१
काठमाडौं
कटुवा पेस्तोलसहित २ जना पक्राउ

सिराहामा कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।​ 

गोलबजार नगरपालिका- ११ बल्कबाबाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका- १२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्