०९ असार २०८३, मंगलबार

अखिल क्रान्तिकारीको उपाध्यक्षमा उम्मेदवारी दिँदै जाजरकोटका महेश

माघ ८, २०८१
काठमाडौं
अखिल क्रान्तिकारीको उपाध्यक्षमा उम्मेदवारी दिँदै जाजरकोटका महेश

नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्षमा जाजरकोटका महेश अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

क्रान्तिकारीको नेतृत्व चयनका लागि यही माघ १२ गते मतदान हुँदैछ । जसका लागि आज मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको छ । 

९ उपाध्यक्ष रहने अखिल क्रान्तिकारीमा अधिकारीले खस आर्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । 

कानून, समाजशास्त्र र पत्रकारितामा स्नातक , समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अधिकारी ६ कक्षा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा आबद्ध भएका थिए । 

हाल त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र अन्तर्गत एमफील-पीचडी स्कलर अधिकारीले २०६३  देखि २०६६ सम्म अखिल क्रान्तिकारीको मावि इकाई कमिटी अध्यक्ष भएर काम गरे ।

कक्षा ११-१२ मा पढ्दा ( २०६६- ०६९ ) सम्पर्क समिति उपाध्यक्ष भएर काम गरेका अधिकारीले काठमाडौं जिल्ला कमिटी सचिव, काठमाडौं विश्वविद्यालय संयोजक, काठमाडौं विश्वविद्यालय इन्चार्ज र जाजरकोट जिल्ला इन्चार्जका रूपमा काम गरिसकेका छन् । 

उनी अखिल क्रान्तिकारीको १९औं राष्ट्रिय सम्मेलनदेखि हालसम्म निरन्तर सम्मेलन प्रतिनिधि बन्दै आएका छन् ।

null

संगठनमा गरेको योगदान, भूमिका र क्षमताका आधारमा प्रतिनिधिहरूले आफूलाई उपाध्यक्ष निर्वाचित गर्नेमा विश्वस्त रहेको अधिकारी बताउँछन् । 

मिजासिला स्वभावका अधिकारीले यसअघिका सबै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताउँदै आगामी दिनमा पनि उस्तै कुशलतापूर्वक दत्तचित्त भएर संगठनको काममा खटिने बताए ।

सबै विद्यार्थीको हकहित, विद्यार्थीको व्यक्तित्व विकास, शैक्षिक सुधार र शिक्षा क्षेत्रमा देखिएका विभिन्न प्रकारका विसंगतीको अन्त्य नै आफ्नो प्रमुख उद्देश्य रहेको अधिकारी बताउँछन् । 

क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्षसहित ३३ पदाधिकारी रहने व्यवस्था छ । 

अखिल क्रान्तिकारीमा यसपटकदेखि ३२ वर्ष उमेर हद लागू हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्