०१ साउन २०८३, शुक्रबार

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । बिहान पाँच बजे हृदयघात भएर काठमाडौं नर्भिक अस्पताल पुर्याइएका प्रकाशको अस्पताल नपुग्दै निधन भएको हो ।

घरमै अचेत भएका प्रकाशलाई विहान सवा ५ बजे नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकहरुले प्रकाशको निधन भइसकेको बताएका थिए ।

नर्भिक अस्पतालमा रहेका प्रकाशका साथी एवम पत्रकार दयानिधि भट्टले प्रकाशकाे निधन भएको लोकान्तरलाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्