०७ असार २०८३, आइतबार

चुनावको मुखैमा प्रचण्डलाई पारिवारिक वियोग, प्रकाश दाहालको निधन

चुनावको मुखैमा प्रचण्डलाई पारिवारिक वियोग, प्रकाश दाहालको निधन

काठमाडौं ३ मंसिर– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा पारिवारिक शोक परेको छ । 

प्रचण्डका स्वकिय सचिव समेत रहेका पुत्र प्रकाश दाहालको आइतवार असामहिक निधन भएको हो । लाजिम्पाट स्थित निजी निवासमै प्रकाशलाई हृदयघात भएको थियो । 

उपचारका लागि थापाथली स्थित नर्भिक अस्पतालमा पुराइएपनि चिकित्सकले उनको जीवन बचाउन सकेनन् । यसअघि दुइ बर्ष अघिमात्र प्रचण्डकी छोरीको निधन भएको थियो । 

प्रकाश प्रचण्डका एकमात्र पुत्र हुन् । प्रकाशका श्रीमती र एक छोरा छन् । प्रकाश पत्नी बिना मगर कञ्चनपुर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छिन् ।

यसअघिकी पत्नी सृजना त्रिपाठीको तर्फबाट पनि एक छोरा छन् । माओवादी सशस्त्र जनयुद्धमा समेत सहभागि भएका प्रकाश पछिल्लो समय बुबा प्रचण्डको सहयोगीको रुपमा रहदै आएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्