१४ असार २०८३, आइतबार

खानेपानीमन्त्री यादव र धरानका मेयर साम्पाङबीच सिंहदरबारमा भेटवार्ता

खानेपानी समस्या समाधानको प्रयास गर्ने मन्त्रीको प्रतिबद्धता​​
माघ ८, २०८१
काठमाडौं
खानेपानीमन्त्री यादव र धरानका मेयर साम्पाङबीच सिंहदरबारमा भेटवार्ता

खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)सँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा उनले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र आव्हान गर्ने तयारी भएको जानकारी दिए ।

मन्त्री यादवले भने, 'जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौं ।'

लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताएका मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्