२२ असार २०८३, सोमबार

प्रकाशको निधनले मर्माहत भएको भन्दै शीर्ष नेताले सामाजिक सञ्जालमा यस्तो लेखे

प्रकाशको निधनले मर्माहत भएको भन्दै शीर्ष नेताले सामाजिक सञ्जालमा यस्तो लेखे

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधन भएपछि दलका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।


प्रधामन्त्री शेरबहादुर देउवाले प्रचण्डका छोरा प्रकाश दाहालको अल्पायुमै निधन भएको निधनले आफू मर्माहत भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत समावेदना व्यक्त गरेका छन् । 


त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट समवेदना व्यक्त गर्दै लेखेका छन्,‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको
 अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’


राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले दाहालको निधनको समाचारले स्तव्ग्ध भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘व्यक्तिगतरुपमा उनी असल मानिस थिए । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु । प्रचण्डजी, सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पीडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन् । हार्दिक समवेदना ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्