
माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएसँगै नर्भिक अस्पतालमा आफन्त तथा शुभचिन्तकको बाक्लो उपस्थिति रहेको छ ।
दाहाल पत्नी विना मगरपनि अस्पताल पुगेकी छिन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी मगर केही बेर अघिमात्र अस्पताल पुगेकी हुन् ।
भावविह्वल अवस्थामा विना रुदै अस्पता पुगेकी हुन् । प्रचण्ड अस्पताल पुगेपछि अस्पताल प्रशासनले दाहालको निधनको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।