३० असार २०८३, मंगलबार

भरुवा बन्दुकसहित १ जना पक्राउ

माघ ९, २०८१
मकवानपुर
भरुवा बन्दुकसहित १ जना पक्राउ

मकवानपुरमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका- १ गडुवानका ५२ वर्षीय जीतबहादुर थिङ छन् । उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

मनहरी गाउँपालिका- ९ हरियाली सामुदायिक जंगलबाट भरुवा बन्दुक १ थान, खकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारुद ३ सय ५ ग्रामसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित थिङलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्