२१ असार २०८३, आइतबार

कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत

माघ ९, २०८१
काठमाडौं
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार उनीहरूलाई मनोनीत गरेका हुन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको उक्त विभागमा उनीहरूलाई मनोनीत गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनोनीत हुनेहरूमा कृष्णबहादुर केसी- कास्की, सुमीत्रा खनाल- नवलपुर, विजय भुसाल- चितवन, राधेश्याम पाठक- नवलपरासी र ब्रह्मप्रकाश रौनियार- सुनसरी छन् ।

यसैगरी मेघनाथ यादव- धनुषा, झनकराज तिमिल्सिना- कैलाली, भीमबहादुर शाही- कालिकोट, जीतबहादुर लामा- काभ्रेपलाञ्चोक र सन्तोष कोइराला (परियार), नवलपुर रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्