१७ असार २०८३, बुधबार

विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ, १६ किलो शंकास्पद वस्तु बरामद

माघ ९, २०८१
काठमाडौं
विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ, १६ किलो शंकास्पद वस्तु बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

ड्रुक एयरलाइन्समार्फत् हङकङ जान लागेका चिनियाँ नागरिकलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो । 

ब्यूरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार बरामद गरिएको धुलो वस्तु परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । 

एसपी कार्कीले धुलो लागूऔषध हो वा होइन परीक्षण रिपोर्ट आएपछि मात्रै सार्वजनिक गरिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्