०९ असार २०८३, मंगलबार

गहभरि आँसु बोकेर नर्भिक अस्पताल पुगे प्रचण्ड

गहभरि आँसु बोकेर नर्भिक अस्पताल पुगे प्रचण्ड

काठमाडौं, ३ मंसिर– पुत्र प्रकाशको मृत्यु भएपछि चुनावी कार्यक्रम स्थगित गरेर झापाबाट फर्किएमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको नर्भिक अस्पताल पुगेका छन् । नर्भिक अस्पताल पुगेका प्रचण्डको गहभरि आँसु देखिन्थ्यो । उनी थकित मुद्रामा देखिन्थे भने अनुहार रातो भएको थियो । 

वाम गठवन्धनको चुनावी कार्यक्रमका लागि झापा पुगेका प्रचण्ड छोरा प्रकाशको मृत्यु भएको खबर सुनेर विहानै हेलिकप्टरमार्फत काठमाडौं फर्किएका थिए । 

हृदयघातका कारण मृत्यु भएका प्रकाशको पार्थिव शरीर थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ । 

हृदयधात भएर घरमै अचेत भेटिएका प्रकाशलाई विहान अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकहरुले उनको मृत्यु भइसकेको जनाएका थिए । यद्यपि अस्पताल प्रशासनले भने प्रकाशको निधन भएको औपचारिक घोषणा गरिसकेको छैन ।  
 

salt training

कमेन्ट गर्नुहोस्