
नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएका ६ वटा अध्यादेश नागरिकलाई सहज सेवा प्रदान गर्न ल्याइएको जनाएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमालेको संसदीय दलले विज्ञहरू समेतलाई बोलाएर अध्यादेश ल्याउनुको उद्देश्य र त्यसको आवश्यकताबारे आफ्ना पार्टीका सांसदहरूलाई जानकारी गराएको छ ।
त्यसक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले केही नेपाल ऐनलाई संशोधन गरेर अध्यादेश जारी गरी नागरिकको सहज सेवा प्रदान गर्न, लगानीको वातावरण राम्रो बनाउन, सहकारीको समस्या समाधान गर्न, नेपालको संविधानको सीमाभित्र रहेर अध्यादेश ल्याइएको सांसदहरूलाई जानकारी दिए ।