०५ असार २०८३, शुक्रबार

धनुषामा पछिल्लो ६ महिनामा ५०६ दुर्घटना, २६ जनाको मृत्यु

माघ १०, २०८१
जनकपुरधाम
धनुषामा पछिल्लो ६ महिनामा ५०६ दुर्घटना, २६ जनाको मृत्यु

पछिल्लो ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक कार्यालयका अनुसार ६ महिनामा भएका ५०६ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए । 

कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ । 

गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्