०२ असार २०८३, मंगलबार

लागुऔषधसहित नागढुंगाबाट तीन जना पक्राउ

माघ १०, २०८१
काठमाडौं
लागुऔषधसहित नागढुंगाबाट तीन जना पक्राउ

प्रहरीले अवैध लागुऔषधसहित काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुरूमा लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १५० ग्रामसहित भारत घर भएका ३७ वर्षीय गोविन्द बालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००६ ख ४७९६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

थप अनुसन्धानको क्रममा चन्द्रागिरी नगरपालिका-११ बस्ने २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका-११ बस्ने ३८ वर्षीय विनोद तामाङको समेत संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई बा ५१ प ७५५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ ।     

salt training

कमेन्ट गर्नुहोस्