
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारी वकिलको बहस सकिए छ ।
बिहीबार जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा सरकारी वकिलको तर्फबाट बहस भएको ह । अब पीडित पक्षका दुई वकिल र रविका वकिलको बहस हुन बाँकी छ ।
बुधबार इजलासमा रविको बयान भएको थियो । न्यायाधीश योगीले बुधबारजस्तै बिहीबार पनि रविलाई परिवार र उनका वकिलको जिम्मा लगाएका छन् । रवि शुक्रबार पनि अदालतमा उपस्थित हुनेछन् ।
शुक्रबार पीडित पक्षका वकिल र रविका वकिलको बहस हुनेछ । बिहीबार जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलसहित सरकारी वकिलहरू गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरे ।
थुनछेक बहस सकिएपछि अदालतले रविलाई साधारण तारेखका छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश दिनेछ ।
सहकारी ठगी प्रकरणमा लामिछाने कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी तिरेर रिहा भएका थिए ।