०४ असार २०८३, बिहीबार

प्रकाशको निधनले माओवादी पार्टी शोकाकुल

प्रकाशको निधनले माओवादी पार्टी शोकाकुल

काठमाडौं, ३ मंसिर– अध्यक्ष प्रचण्डका पुत्र तथा पोलिटव्यूरो सदस्य प्रकाश दाहालको निधनले नेकपा माओवादीको सिंगो पार्टी पंक्ति नै शोकाकुल भएको छ । 

प्रकाशको निधनले पार्टीलाई अतुलनीय क्षति समेत भएको माओवादीले जनाएको छ । 

प्रचण्डपुत्र प्रकाशको आइतवार विहान आकस्मिक हृदयघातबाट मृत्यु भएको हो । 

माओवादी प्रवक्त पम्पा भुसालले शोक वक्तव्य जारी गर्दै प्रकाशले जनयुद्धदेखि नै पार्टीमा जिम्मेवार भूमिका निर्वाह गरेका बताएकी छन् । 

प्रकाश २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्यका रुपमा भूमिगत भएका थिए । जनयुद्धका बेला प्रकाश बुबा तथा पार्टी अध्यक्ष प्रचण्डको सहयोगीको रुपमा काम गर्दथे । 

उनले माओवादीको तत्कालीन केन्द्रीय कार्यालय ‘हेडक्वार्टर’मा सूचना तथा सञ्चार विभागको जिम्मेवारी समेत सम्हालेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्