३२ असार २०८३, बिहीबार

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कांग्रेसका मन्त्री

माघ १८, २०८१
काठमाडौं
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कांग्रेसका मन्त्री
फाइल तस्वीर

नेपाली कांग्रेसको संसदीय दल बैठकमा सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिइरहेका छन् । 

संसद बैठक शुरू हुनुअघि बसेको संसदीय दलको बैकठमा सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिए । 

‘अघिल्लो बैठकमा सांसदहरूले मन्त्री कामका विषयमा प्रश्न र जिज्ञासा उठाउनुभएको थियो । सरकारमा अझै प्रभावकारी काम होस् भन्ने सांसदहरूको चाहना थियो,’ खतिवडाले भने, ‘त्यसैले मन्त्रीले सांसदका गुनासा र प्रश्नको जवाफ दिइरहनु भएको छ ।’ 

बैठकमा पार्टीका पदाधिकारी र शीर्ष नेताले जवाफ दिनेछन् । 

कांग्रेसले आजबाट शुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रभावकारी रुपले प्रस्तुत हुने तयारी गरेको छ । 

यस घि संसदमा अड्किएर बसेका विधेयकलाई पारित गर्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्