१२ साउन २०८३, मंगलबार
प्रतिनिधि सभा बैठक

ओलीले संसदमा ‘सरकार ढल्यो–ढल्यो...’ भन्दा मुस्कुराए देउवा

माघ १८, २०८१
काठमाडौं
ओलीले संसदमा ‘सरकार ढल्यो–ढल्यो...’ भन्दा मुस्कुराए देउवा

प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा चर्चा कमाइरहेको ‘म त ढलें–ढलें ..’ गीतलाई उद्धृत गर्दै सरकार नढल्ने दाबी गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सम्बोधनका क्रममा ओलीले सरकारको भविष्यलाई लिएर अनेक थरी हल्ला गरिएको टिप्पणी गरेका हुन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति कटाक्ष गर्दै ओलीले भने– 'विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति काट्दैन । आदि इत्यादि । ‘ढलें–ढलें, ढलें–ढलें म त...’ यो ‘गीत’ अति नै गाइयो । यो ‘गीत’ मनोरञ्जन पार्टी/उत्सवहरूमा सुहाउला, राजनीतिमा सुहाउँदैन ।'

प्रचण्डले सरकार लामो नजाने बताउँदै आएका छन् । 

ओलीको प्रचण्डको नाम नलिई कतिपयले पुस मसान्त, माघे सङ्क्रान्ति लगायतका भाका राख्दै आएको टिप्पणी गरे ।

ओलीले गीतको सहारा लिएर सरकार नढल्ने दाबी गरिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा मुस्कुराइरहेका देखिन्थे ।

ओलीले कुनै दल टुक्राउने अध्यादेश ल्याउने 'मेनु' सरकारको सूचीमा नरहेको दाबी गरे ।

उनले आफूले सरकारको नेतृत्व लिएको ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक बनेको दाबी समेत गरे । 

salt training

कमेन्ट गर्नुहोस्