०६ असार २०८३, शनिबार

क्रिप्टो कारोबार गरेको आरोपमा ७ जना पक्राउ, ३ अर्ब कारोबार गरेको प्रहरी दाबी

माघ १८, २०८१
काठमाडौं
क्रिप्टो कारोबार गरेको आरोपमा ७ जना पक्राउ, ३ अर्ब कारोबार गरेको प्रहरी दाबी

गैरकानून अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको आरोपमा सात जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा कैलाली घर भई हाल बूढानीलकण्ठ बस्ने २२ वर्षीय माइकल डगौरा, कैलाली घर भई सोही ठाउँ बस्ने २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय आश्विन चौलागाइँ, रौतहट घर भई बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारत बिहार घर भई बानेश्वर बस्ने रोशन कुमार र विहार घर भई काठमाडौं बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् ।

सीआईबीका प्रवक्ता एसपी सुधिरराज शाहीका अनुसार पक्राउ परेकाहरूको साथबाट २ थान कम्प्युटर, १३ थान मोबाइल सेट, विभिन्न बैंकको नाममा जारी भएका चेक १९ थान र नगद ५ लाख ५० हजार रूपैयाँ बरामद गरिएको छ । 

पक्राउ परेकाहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ  । ‘विभिन्न बैंक तथा डिजिटल वालेटहरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भनी निजहरूको ओटीपी र पीन माग गरी अनधिकृत रूपमा बैंक तथा डिजिटल वालेटहरूमा पहुँच पुर्‍याइ रकम ठगी समेत गर्ने गरेको पाइएको छ’, एसपी शाहीले भने, ‘सामाजिक सञ्जालमा घरैमा अनलाइन जब गरेर कमाउन सकिने, अनलाइन जुवा लगायतका लिंक पठाइ साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटमा पहुँच पुर्‍याइ निजहरूको रकम अन्यत्र खातामा पठाउने समेत गरेको पाइएको छ ।’ 

ठगी गरेको रकम थोरै समयमै विभिन्न तहमा विभिन्न व्यक्तिको बैंक तथा वालेटमा ट्रान्सफर गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कमाएको पैसा क्रिप्टो करेन्सी, गेमप्वाइन्टमा लगानी तथा कारोबार गर्ने गरेको समेत सीआईबीको अनुसन्धानले देखाएको छ । 

एसपी शाहीका अनुसार हुन्डी कारोबार गरेर विदेशमा रहेका नेपालीलाई प्रलोभन देखाएर आपराधिक समूहका एजेन्टमार्फत रकम लिने र नेपालमा रहेका नातेदारको खातामा अवैध रूपमा कमाएका पैसा जम्मा गरिदिने गरेको अनुसन्धानबाट खुलेको छ। यो समूहले हालसम्म तीन अर्ब भन्दा बढी ठगी गरेको सीआईबीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्