२२ असार २०८३, सोमबार

बालप्रतिभाको प्रतिभालाई सबैले प्रोत्साहन गर्नुपर्छः मन्त्री पाण्डे

माघ १८, २०८१
काठमाडौं
बालप्रतिभाको प्रतिभालाई सबैले प्रोत्साहन गर्नुपर्छः मन्त्री पाण्डे

 संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बालप्रतिभाको प्रतिभा उजागर गर्न उनीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । आज आयोजित आठ वर्षीया बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा सङ्ग्रह ‘दी स्प्रोटिङ स्टोरिज’ विमोचन गर्दै उनले बालबालिको क्षमतालाई अभिवृद्धि गर्न परिवार, स्कुल र समाजको अहम् भूमिका हुने बताए । 

“सानै उमेरमा बालिका आकृतिले यो स्तरको कथा लेख्नु आफैँमा विशिष्ट क्षमता हो, लेखिकालाई प्रोत्साहन गर्नुपर्छ, जुनसुकै पेसा व्यवसायमा क्रियाशील भए पनि साहित्यमा जोडिएका व्यक्तिहरू अरूको तुलनामा शक्तिशाली हुन्छन्”, मन्त्री पाण्डेले भने । विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै उहाँले साहित्यकारहरू भावुक भएकाले भावुकताले मानिसलाई असल कामप्रति प्रेरित गर्ने उल्लेख गरे । 

बालबालिको क्षमतालाई अभिवृद्धि गर्न परिवार, स्कुल र समाज सबैले सहयोग गर्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिए । 

संस्कार पब्लिकेसनद्वारा प्रकाशित उक्त कृतिमा अङ्ग्रेजी माध्यमबाट लेखिएका ११ वटा कथा समावेश छन् । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, जय नेपाल फाउन्डेसनका अध्यक्ष बद्री अर्याल, लेखक शङ्करकुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउनुका साथै पात्रहरूलाई उचित न्याय दिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्