
प्रयागराज कुम्भ मेलाबाट फर्किरहेका भक्तजनलाई लिएर गइरहेको पिकअप भ्यानलाई अनियन्त्रित ट्रकले ठक्कर दिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
भारतको उत्तर प्रदेशको गाजीपुरको नन्दगञ्ज प्रहरी चौकी नजिकै कुस्मी कला क्षेत्रमा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
पिकअप भ्यानमा लगभग २४ जना यात्रु थिए । घाइतेहरू सबै गोरखपुरको बांसगाउँका रहेको समाचारमा उल्लेख छ ।
घाइते सबैलाई उपचारको लागि गाजीपुर मेडिकल कलेज पठाइएको छ।
सबै मानिसहरू कुम्भमा स्नान गरेर फर्किरहेका थिए।