
भारतले पाहुना टोली इङ्ग्ल्याण्डसँगको टी–२० शृङ्खला एक खेलअगावै जितेको छ । हिजो भएको चौथो खेलमा भारतले इङ्ग्ल्याण्डलाई १५ रनले हराएको हो । भारतले पाँच खेलको शृङ्खलामा ३–१ को अग्रता बनाएको छ ।
१८२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १९ ओभर ४ बलमा १६६ रनमा अलआउट भयो । इङ्ग्ल्याण्डका ह्यारी ब्रुकले सर्वाधिक ५१ रन बनाए । भारतका हर्षित राना र रवि बिश्नोइले समान ३ विकेट लिए ।
त्यसअघि पुणेमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि शिभम दुवे र हार्दिक पाण्ड्याले सर्वाधिक समान ५३ रन बनाए ।
इङ्ग्ल्याण्डका सकिब मोहम्मदले ३ र जेमी ओभरटर्नले २ विकेट लिए ।