१३ असार २०८३, शनिबार

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट : कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुराको विजयी शुरूआत

माघ १९, २०८१
धनगढी
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट : कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुराको विजयी शुरूआत

धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू भएको छ ।

गो ड्रिर्मसको आयोजनामा धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू भएको हो ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्‌घाटन गरेका हुन् ।

नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चर्तुरबहादुर विष्ट विशिष्ट अतिथि रहेको उद्‌घाटन समारोहमा चर्चित गायक चक्र बमले सांगितिक प्रस्तुति दिएका थिए ।  

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगितामा डडेल्धुराको फेण्ड्स क्लबले विजयी शुरूआत गरेको छ ।

नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डीसीए धनगढीमा सानदार जीत दर्ता गर्दै फेण्ड्स क्लब डडेल्धुराले जितबाट प्रतियोगिताको शुरूआत गरेको हो ।​​ डीसीए धनगढीलाई ८ विकेटले हराउँदै फेण्ड्स क्लब डडेल्धुराले विजयी शुरूआत गरेको हो ।

null

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । शुरूआती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुर्‍याउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।

निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे । सातौ नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए ।

डडेल्धुराका लागि राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि विष्टले २/२ तथा हेमन्त धामीले १ विकेट लिए ।​

धनगढीस्थित फाप्ला मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । डडेल्धुराका लागि कुशल भुर्तेलले अर्धशतक बनाउँदै आफ्नो टीमलाई जित दिलाए । ५१ बलको सामना गरेका उनले ८७ रनको अविजित पारी खेले ।

यस्तै विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १/१ विकेट लिए ।  खेलका नवजीवन सहकारी संस्था लिमिटेड म्यान अफ द म्याच डडेल्धुराका भुर्तेल भए । उनले नगद १० हजार सहित ट्रफी पाए । 

प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा सीवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डीसीए धनगढी र घोडाघोडी–११ सुक्खड प्रतिस्पर्धा गर्नेछन् । 

अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रूपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

null

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समूह 'ए' मा डीसीए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुक्खड र बोष्टन क्रिकेट झापा रहेका छन् ।

यस्तै समूह 'बी' मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराइजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्