२२ जेठ २०८३, शुक्रबार

काठमाडौंमा नेपाल लाइफको एक दिने ‘सेल्स ट्रान्सफरमेसन शेसन’

माघ २१, २०८१
काठमाडौं
काठमाडौंमा नेपाल लाइफको एक दिने ‘सेल्स ट्रान्सफरमेसन शेसन’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय ‘सेल्स ट्रान्सफरमेसन शेसन’ सम्पन्न भएको छ । 

काठमाडौंमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सञ्चालक अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बाबजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई धन्यवाद दिए ।

उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रूपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको बताए ।​

यस्तै, प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र त्यसलाई मूर्तता दिने अभिकर्ता, कर्मचारी तथा समस्त सरोकारवालाहरूलाई धन्यवाद दिए ।

आम नेपाली नागरिकबीच अझै पनि बीमासम्बन्धी सचेतना पर्याप्त रूपमा नपुगेको उनको भनाइ थियो ।

लगानीको प्रतिफललाई उच्च राख्न लगानी विविधीकरणलाई केन्द्रविन्दुमा राख्दै विभिन्न कार्यहरू गरिएको उनले बताए।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्