२३ जेठ २०८३, शनिबार

झिनो अंकले बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार

माघ २१, २०८१
काठमाडौं
झिनो अंकले बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ ।

साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको हो ।

अघिल्लो कारोबारका दिन आइतबार मात्रै ६९.८० अंकले बढेर परिसूचक २७२७.५८ को विन्दुमा बन्द भएको थियो । आज बजारमा २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयरको खरिद बिक्री हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ । 

सोमबार उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । 

आज कारोबारका आधारमा एनआरएन इन्फाइस्टक्चर  एन्ड डेभलपमेन्ट लिमिटेड ३५ करोड ३० लाख ७५ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्