२६ जेठ २०८३, मंगलबार

टेलिकमले भन्यो–दुई स्थानमा फाइबर केबल चुँडिएर इन्टरनेटमा समस्या

माघ २१, २०८१
काठमाडौं
टेलिकमले भन्यो–दुई स्थानमा फाइबर केबल चुँडिएर इन्टरनेटमा समस्या

भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिएर आइतबार राति इन्टरनेटमा समस्या आएको नेपाल टेलिकमले जानकारी दिएको छ । 

टेलिकमले सोमबार एक सूचनामार्फत आपूर्तिकर्ताहरू मध्ये भारतको भारती एयरटेल लिमिटेडको उत्तर प्रदेशस्थित फरेन्दा र कोल्हुइ बजार क्षेत्रका दुई स्थानमा फाइबर केबल चुँडिन गई  नेटवर्कमा  समस्या उत्पन्न भएको जनाएको हो । 

सोही कारणले गएराति ९ः०७ देखि १०ः३० सम्म टेलिकमको इन्टरनेट सेवामा आंशिक समस्या उत्पन्न हुन गएको सूचनामा उल्लेख छ।  

salt training

कमेन्ट गर्नुहोस्