०४ असार २०८३, बिहीबार

फेसबुक वालबाटै सुरु भयो शिक्षकको आन्दोलन

माघ २२, २०८१
काठमाडौं
फेसबुक वालबाटै सुरु भयो शिक्षकको आन्दोलन

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक संसद्बाट पारित नभए आन्दोलन गर्ने चेतवानी दिएलगत्तै सबै शिक्षकको फेसबुक वालबाट आन्दोलन शुरू गरेका छन्। महासंघले ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारा उल्लेख भएको विवरण शिक्षकको फेसबुक वालमा पोस्ट गरेको छ।

माघ २० गते फेसबुक वालमा आयात अकारमा स्टिकर प्रयोग गरी आन्दोलन शुरू गरेका हुन्। करिब डेढ वर्षअघि देशव्यापी आन्दोलन शुरू गरेको महासंघले माग पूरा नभएपछि फेरि आन्दोलन शुरू गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन जारी नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । हिउँदे अधिवेशन शुरू भएकै दिनबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले माग पूरा नभए कडा संघर्ष गर्नेसम्मको चेतावनी दिएको छ। नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्