२२ असार २०८३, सोमबार

यस्तोसम्म लापरवाही : गर्भवती अपरेशनको पालो कुरिरहेकी थिइन्, बधाई भन्दै परिवारलाई बच्चा दिइयो

माघ २२, २०८१
काठमाडौं
यस्तोसम्म लापरवाही : गर्भवती अपरेशनको पालो कुरिरहेकी थिइन्, बधाई भन्दै परिवारलाई बच्चा दिइयो
तस्वीर : जागरण

प्रसूति कक्ष बाहिर परिवारका सदस्यहरू बच्चा जन्मिने प्रतीक्षामा बसिरहेका थिए । केही समयपछि प्रसूति कक्ष भित्रबाट स्टाफ नर्सले भनिन्, बधाई छ 'तपाईंहरूको छोरी भएको छ ।' उनले  छोरीलाई हजुरआमा (गर्भवती महिलाकी सासू)को काखमा राखिदिइन् । 

दैनिक भास्करको रिपोर्टअनुसार बच्चाको स्वास्थ्य अवस्था राम्रो थिएन । उनलाई एसएनसीयूमा भर्ना गर्न भनियो । परिवारका सदस्यले त्यसै गरे । 

नानीलाई एसएनसीयूमा भर्ना गरेपछि सासू बुहारीको अवस्था बुझ्न गइन् । अनि अचम्म भयो । उनले आफ्नी बुहारीलाई प्रसूतिको पर्खाइमा उभिरहेको भेट्टाइन्।

उनी अपरेशनको पालो कुरेर बसेकी थिइन् । 'अपरेशनको नम्बर अझै आएको छैन,' बुहारीले भनिन् । यो सुनेर सासू छक्क परिन्। उनले भनिन्- 'मलाई दिइएको बच्चा कसको हो ?'

समाचारअनुसार घटना आइतबार रातिको हो । हरियाणाको पानीपतस्थित एउटा प्रसूति गृहमा यो घटना घटेको हो । 

घटनापछि प्रसूति कक्षमा हंगामा मच्चियो । प्रसूति कक्षका कर्मचारीहरू भागाभाग गर्न थाले । कर्मचारीहरूले माफी माग्दै गल्तीले फाइल परिवर्तन भएको बताए । 

खासमा उनकी बुहारीको फाइल हराएको रहेछ । दुई घण्टाको कडा परिश्रमपछि फाइल भेटियो र त्यसपछि मात्र महिलाको डेलिभरीको प्रक्रिया शुरू हुन भयो । 

शुरूमा नातिनी पाएकी सासूआमाले नाति पाइन् । उनकी बुहारीले छोरा जन्माइन् । त्यसअघि नै सासूले नातिनी जन्मिएको सबै आफन्तलाई सुनाइसकेकी थिइन् । 

आफन्तहरूले फेरि आफ्ना आफन्तहरूलाई फोन गरेर भने छोरी होइन छोरा जन्मियो । उनीहरूलाई सम्झाउनै सकस पर्‍यो । 

salt training

कमेन्ट गर्नुहोस्