
काठमाडौं, बर्दिया र सिरहामा ३ जना मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका- १५ चमतीका ४८ वर्षीय नरेश श्रेष्ठ आफ्नै घरमा मंगलबार मृत फेला परेका हुन् ।
यस्तै, बर्दियाको मधुवन नगरपालिका- ८ हाट बजारमा गुलरिया नगरपालिका- ९ मथुरागाउँ घर भएका ७५ वर्षीय राजाराम मंगता मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस्तै, सिराहाको गोलबजार नगरपालिका- २ निपनियास्थित राजदेवी मन्दिर छेउमा अन्दाजी ३३ वर्षीय एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन खुलेको छैन ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।