०५ असार २०८३, शुक्रबार

साइबर ब्यूरोको नक्कली ईमेल पठाएर ठगी, दुई जना पक्राउ

माघ २२, २०८१
काठमाडौं
साइबर ब्यूरोको नक्कली ईमेल पठाएर ठगी, दुई जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोको नक्कली ईमेल आईडी बनाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ घर भएका २१ वर्षीय ईन्द्रजीत यादव रहेका छन् ।

नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई सोही ईमेलमार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेको हो । 

उनीहरूउपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्