२३ जेठ २०८३, शनिबार

भारतको सेना दिवसका अवसरमा दूतावासमा कार्यक्रम, प्रधानसेनापति पनि सहभागी

माघ २२, २०८१
काठमाडौं
भारतको सेना दिवसका अवसरमा दूतावासमा कार्यक्रम, प्रधानसेनापति पनि सहभागी

भारतको ७७ औँ सेना दिवस नेपालस्थित भारतीय दूतावासमा पनि मनाइएको छ । सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्सल) केएम करियप्पाले पहिलो भारतीय कमान्डर इन चिफको रूपमा भारतीय सेनाको कमान्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइन्छ ।

सोही अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले माघ २१ गते एक औपचारिक भोजको आयोजना गरेको छ ।  

उक्त कार्यक्रममा नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा अशोक राज सिग्देल प्रमुख अतिथिको रूपमा सहभागी भए । समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कूटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरूको उपस्थिति थियो  ।

null

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबिचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरूका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

null

सिग्देलले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी उपेन्द्र द्विवेदीलाई तथा सम्पूर्ण भारतीय सेना भ्रातृत्वलाई भारतको ७७ औँ सेना दिवसको शुभकामना व्यक्त गरे। दुई देशका सेनाबिचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे। भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति सिग्देलले सम्मान गरे । 

salt training

कमेन्ट गर्नुहोस्