२६ जेठ २०८३, मंगलबार

काठमाडौंमा आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना छैन, कस्तो रहला देशभरको मौसम ?

माघ २३, २०८१
काठमाडौं
काठमाडौंमा आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना छैन, कस्तो रहला देशभरको मौसम ?

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ । देशका तराईका केही स्थानमा हुस्सु लागेको छ । सम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ । मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौं उपत्यकामा पानीपर्ने सम्भावना छैन  ।

salt training

कमेन्ट गर्नुहोस्