
महिला टी–२० त्रिदेशीय सिरिजमा नेपाल नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले चौथो खेलमा टस जितेर पहिले ब्याटिङ थालेको हो ।
यस अघि नेपालले नेदरल्याण्ड्स र थाइल्याण्डसँग दुई दुई खेल हारिसकेको छ ।
आफ्नै भूमिमा भएको सिरिजमा नेपाली महिला टोलीले चारमध्ये एउटा खेल पनि नजितेको हो ।
बलर हावी भए पनि ब्याटर चल्न नसक्दा नेपालले चार वटै खेलमा पराजय बेहोरेको हो ।