०१ असार २०८३, सोमबार

वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भिरबाट लडेर मृत्यु

माघ २३, २०८१
गोरखा
वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भिरबाट लडेर मृत्यु

वृद्धभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नवीन गिरीले आइतबार घरबाट वृद्धभत्ता बुझ्न निस्किएका काप्री घर नफर्किएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिए ।

उनका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उनको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।​

काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए ।

'वृद्धभत्ता बुझेर घर नफर्किएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौं । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो,' उनले भने।

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्