१० असार २०८३, बुधबार

प्रतिनिधि सभामा आज प्रचण्डले सम्बोधन गर्ने

माघ २४, २०८१
काठमाडौं
प्रतिनिधि सभामा आज प्रचण्डले सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसद्‌मा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । 

अधिवेशन शुरू भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् ।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

salt training

कमेन्ट गर्नुहोस्