
साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।
बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको हो । बिहीबार १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार मात्रै नेप्से परिसूचक ४.४५ अंकले घटेर २७११.४५ को विन्दुमा बन्द भएको थियो ।
आज अपर लोहोरे खेला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारका आधारमा साहस ऊर्जा लिमिटेड ३१ करोड ३५ लाख ६४ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
यस्तो रह्यो साताको कारोबार
साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ को विन्दुमा बन्द भयो । यस दिन बजारमा १२ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, साताको दोस्रो कारोबारका दिन सोमबार २.४१ अंकले परिसूचक बढेर २७३० को विन्दुमा बन्द भयो ।
साताको तेस्रो कारोबारका दिन मंगलबार परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा बन्द भयो । भने साताको चौथो कारोबारका दिन बुधबार ४.४५ अंकले घटेर परिसूचक २७११.४५ को विन्दुमा बन्द भयो ।
यस दिन १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयरको खरिदबिक्री हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रूपैयाँको कारोबार भएको थियो ।
र, साताको अन्तिम कारोबारमा दिन परिसूचक ११.६४ अंकले घटेर २९९९.८१ को विन्दुमा बन्द भयो ।